चन्द्रौटा,कपिलवस्तु दिपक खड्का ।
शिवराज नगरपालिकाको राहत वितरण टोलीले नलगाड नगरपालिका प्रमुख डम्बर बहादुर रावतलाई पालिकामा पुगि राहत सामाग्री हस्तानरण गरेको वडा न १ का वडा अध्यक्ष खिम विक्रम केसीले जानकारी दिनु भयो ।
भुकम्प पिडितलाई तत्काल शितलहर र चिसोवाट बच्नका लागि कम्बल वितरण गरेको वडा न ८ का वडा अध्यक्ष रिजवान अहमद मुसलानले बताउनु भयो ।
अत्यन्त दुर्गम र सेवा सुविधाको पहुच कम भएको स्थानमा गई राहत वितरण गर्न पाउनु सुखद क्षण भएको शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो ।
शिवराज नगरपालिका नगरप्रमुख अजय थापा बुधबार साँझ न्यानो कम्बल र चिउरा बोकेर जाजरकोटको नलगाड प्रस्थान गरेको र प्रत्यक्ष जनप्रतिनिधि र नगरप्रमुखलाई भेटि दुखमा सहयोग गर्न पाएको र आत्म सन्तुष्टिको अनुभुती भएको बताउनु भयो ।
मेयर थापाले शिवराज नगरपालिकाका शिक्षक गुरूवर्ग,स्वास्थ्यकर्मी,नगरभित्रका कर्मचारी र जनप्रतिनिधिको सहयोग प्रति आभार व्यक्त गर्नु भयो ।शिवराज नगरपालिकाले बुधबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार शिवराज नगरपालिका जनप्रतिनिधिको ३ दिनको (तलब) नगरपालिका भित्रका कार्यरत शिक्षक, स्वास्थ्यकर्मी र नगर कर्मचारीहरुको १ दिनको तलब उठाई सात लाख बराबरको राहत साम्रागी हस्तान्तरण गरिएको प्रमुख थापाले बताउनु भयो।
थापाका अनुसार ३ सय थान न्यानो कम्बल र ५ किलोको दरले २५० पोका चिउरा सहितको राहत शिवराजको तर्फबाट नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावतलाई हस्तान्तरण गरिने बताउनु भयो ।
अन्य पालिकाले नगरपालिकाको कोषबाट राहत दिने निर्णय गरेपनि शिवराजले सेवा सुविधालाई कटौती गरेर राहत दिने निर्णय गरेको थापाले बताउनु भयो ।
मेयर थापा सहित वडा अध्यक्ष टेकलाल सापकोटा, खिम बिक्रम केसी, रिजवान मुसलमान, राम गोपाल चौधरी कर्मचारीको तर्फवाट लेखा अधिकृत रामचन्द्र मरासिनी सहित ७ जनाको टोली जाजरकोटको नलगाड नगरपालिकाका लागि हिडेको थियो ।
राहत सामाग्री बुझ्दै नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले दुखमा शिवराज नगरपालिकाले गरेको मानवीय सहयोग प्रति धन्यवाद दिदै अन्यलाई पनि सहयोग गर्न सम्पुर्ण सहयोगी मनहरूलाई आवहान गर्नु भयो । शिवराज राहत वितरण टोली कपिलवस्तुका लागि हिडिसकेको नगर प्रमुख थापाले जानकारी दिनु भयो ।