श्रीलङ्काले दियाे बङ्गलादेशलाई २ सय ८० रनकाे लक्ष्य
काठमाण्डाै, २० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलङ्काले बङ्गलादेशलाई २ सय ८० रनकाे लक्ष्य दिएकाे छ ।
दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयाे । श्रीलङ्काका चरिथ असलन्काले शतक बनाए । उनी १ सय ५ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै पथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१ रन जाेडे । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा शाेरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान २ विकेट लिए ।
श्रीलङ्का ७ खेलमा ४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवाैँ स्थानमा छ । बङ्गलादेश सेमिफाइनलमा पुग्ने सम्भावना सकिएकाे छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















