ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त
काठमाण्डाै, २० कार्तिक । ग्लोबल आईएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त हुनुभएको छ ।
आइतवार हिजाे बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकको रुपमा स्थापित पोखरेल यसअघि आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेर कार्य सम्पादन गरिसक्नुभएको थियो । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहेर यस कम्पनीलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पुनः आबद्ध भइ काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























