सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घट्याे
काठमाण्डाै, २० कार्तिक । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
हिजो तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज १ लाख १५ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी भने हिजोको जस्तै तोलाको एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























