टी–२० विश्व कप छनाेट : नेपालले टस जितेर ब्याटिङ रोज्यो
काठमाण्डाै, १९ कार्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
ओमानसँगको खेल अहिले ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुँदैछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
समूह ‘ए’ मा रहेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । लिग चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो । ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेर सेमिफाइनल पुगेको हाे ।
सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो । प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी-२० विश्व कपमा छनोट भइसकेका छन् । तस्बिर : क्यान




















