कपिलवस्तु , १८ कार्तिक ।

कपिलवस्तुको कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन आएको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर २ कृष्णनगरको मुख्य बजार क्षेत्र बैँक रोडमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालनमा आएको हो । आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट कार मोटर गाडी बनाउने प्रोलिङ्क अटाेमोटिभ सर्विस सेन्टर संचालनमा आएको छ ।

अटोमोटिभ सर्विस सेन्टरले आधुनिक प्रविधिमार्फत सेवा दिइने उद्धेश्यले सुविधा सम्पन्न अटाेमाेटिभ सर्विस सेन्टर सञ्चालनमा ल्याएको छ । अटोमोटिभ सर्विस सेन्टरले मल्टीब्राण्ड सेवा समेत उपलब्ध गराएको सञ्चालक गुफरान अहमद फारुकीले जनाउनुभयाे । कृष्णनगर मुख्य व्यापारिक क्षेत्र रहेकोले सवारी साधन मर्मतका लागि भारतको नौगढ, बलरामपुर वा नेपालको बुटवल जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सहजतमका लागि कृष्णनगरमा प्राेलिङ्क अटाेमाेटिभ सर्विसले सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयाे ।

शनिबार एक कार्यक्रमबीच प्रोलिङ्क अटोमोटिभ सर्विस सेन्टरको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता र प्रतिनिधि सभा सदस्य सराज अहमद फारुकीले फित्ता काटेर प्रोलिङ्क अटोमाेटिभ सर्विस सेन्टरकाे उद्घाटन गर्नुभएकाे थियाे । सांसद गुप्ताले कृष्णनगरमा प्रोलिंक अटाेमोटिभ सर्विस सेन्टर सञ्चालनले यहाँका व्यापारी तथा सर्वसाधरणलाई सहज हुने बताउँदै स्थानीयलाई रोजगारीकाे अवसर पनि भएको बताउनुभयाे ।

सराज अहमद फारुकीले यस सर्विस सेन्टरले सस्तो, विश्वासिलो र आधुनिक प्रविधिले कार मोटर गाडीको मर्मतको माध्यमले स्थानीय युवा शक्तिलाई रोजगारमा लगाउने प्रयासको पहिलो पाईला अघि सारेकाे बताउनुभयाे । उहाँले सर्विस सेन्टरले ल्याएको आधुनिक प्रविधि यो क्षेत्रको‌ वरिपरि र भारतको नजिक बजारहरुमा नभएको बताउँदै यस सेन्टरले भरपर्दो सेवा दिइनुपर्नेमा जाेड दिनुभयाे ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद नवराज लामिछाने, मुस्लिम आयोगका सदस्य मिर्जा राशिद वेग, विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, शिवराज नगरपालिका उपमेयर शिव कुमार चौधरी, नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, एमालेका नेता सुशील श्रीवास्तव, सफर अलि मियाँ, नेकपा समाजवादीका नगर अध्यक्ष इन्तेखाब खाँ, लायन्स क्लबका दिनेश गुप्ता, असलम खान, नेकपा एमालेका नेता कुनाल प्रताप शाह, कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओली लगायतको उपस्थिति थियो ।

प्रोलिङ्क अटोमोटिभ सर्विस सेन्टरले समयको आफर समेतको घोषणा गरेको छ । ३ सय रुपियाँको कुपन खरिद गर्दा गाडीको बाडी वास र ४ सयको कुपनमा जेकवासको सुविधा रहेको संचालक फारुकीले जनाउनुभयाे । उहाँले चेकिङ्ग नि:शुल्क रहेकाे बताउँदै कपिलवस्तु जिल्लाभित्र पिकअप डेलिभरीकाे सुविधा रहेकाे बताउनुभयाे । मल्टीब्राण्ड पार्टपुर्जा पनि उपलब्ध गराउनुकाे साथै सर्विस सेन्टरले सस्तो, भरपर्दो, विश्वासिलो र कम समयमा गुणस्तरयुक्त सेवा‌ सुविधा दिने फारुकीले जनाउनुभयाे ।