बहराइनलाई हराउँदै ओमान टी–२० विश्वकपमा छनाेट
काठमाण्डाै, १७ कार्तिक । बहराइनलाई हराउँदै ओमान आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हरायाे ।
बहराइनले दिएकाे १ सय ७ रनकाे सामान्य लक्ष्य ओमानले १४ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । ओमानका कश्यप प्रजापतिले ५७ र प्रतीक अथभालेले ४८ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायाे । बहराइनका इमरान अलीले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ ओमानका अकिब इलियासले ४ विकेट लिए ।
अर्काे सेमिफाइनल खेलमा नेपाल र यूएई खेल्दैछन् । याे खेल जित्ने टाेली पनि टी–२० विश्वकपमा छनाेट हुनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























