सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो
काठमाण्डाै, १७ कार्तिक । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।
चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























