कपिलवस्तु, १६ कार्तिक । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई कुटपिट गरेका छन् । विहिवार कार्यकक्षमै गएर उपाध्यक्षले हातपात र गालीगलौज गरी टेबलमा भएका जिन्सी समान तोडफोड गरेका हुन् ।
कार्यकक्षमै पुगेर कुटपिट गर्ने उपाध्यक्षलाई प्रचलित कानुन बमोजिम कारवाही गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली र गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्नुभएकाे छ । कारवाही गर्न माग गरिएको पत्रको बोधार्थ, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई पनि दिइएको छ ।
कर्मचारीहरुलाई भयरहित वातावरणमा काम गर्ने वातावरण मिलाइदिन प्रशासनसँग माग समेत गरिएको छ ।