कुवेतसँग हारे पनि बहराइन सेमिफाइनलमा
काठमाण्डाै, १६ कार्तिक । कुवेतसँग हारे पनि बहराइन आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । समूह चरणकाे अन्तिम खेलमा आज बिहीवार बहराइन कुवेतसँग ४ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा समूह ‘बी’ काे उपविजेता बन्दै बहराइन सेमिफाइनलमा पुगेकाे हाे ।
बहराइनले दिएकाे १ सय ५९ रनकाे लक्ष्य कुवेतले १६ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । कुवेतका उस्मान पटेलले सर्वाधिक ६४ रन बनाए । यस्तै कप्तान माेहम्मद अस्लामले नटआउट ३६ रन बनाए । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान २ विकेट लिए ।
यसअघि मूलपानी त्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायाे । बहराइनका इम्रान अनवरले सर्वाधिक ३७ रन बनाए । बलिङतर्फ कुवेतका मिर्जा अहमदले २ विकेट लिए ।
अब बहराइनले सेमिफाइनलमा भाेलि शुक्रवार बिहान ११ बजे कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा ओमानसँग खेल्नेछ । यस्तै अर्काे सेमिफाइनल खेलमा भाेलि नै बिहान ११ बजे नेपाल र यूएई खेल्दैछन् । सेमिफाइनलमा जित्ने दुवै टाेलीले आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।




















