‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना : पहिलो एक लाख रुपैयाँ विजेताको नाम घोषणा
काठमाण्डाै, १६ कार्तिक । सिटी एक्सप्रेसको विदेशबाट ‘सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजनाअन्तर्गत पहिलो एक लाख रुपैयाँ विजेताकाे नाम घाेषणा भएकाे छ । विद्युतीय प्रणालीद्वारा विजेता छनाेट गर्दा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बुले एक लाख रुपैयाँ जित्न सफल हुनुभएकाे सिटी एक्सप्रेसले जनाएकाे छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने विदेशबाट ‘सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको थियो । जसअन्तर्गत ‘लक्की ड्र’ मार्फत हरेक महिना १ जनालाई एक लाख, हरेक हप्ता पाँच जनालाई जनही २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन सय जना विजेतालाई जनही पाँच सय रुपैयाँकाे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी पाउने योजना रहेको छ ।
याे योजनाअनुसार अहिलेसम्म तीन हजार एक सय जनाले पाँच सय रुपैयाँकाे वालेट टपअप, २० जना सप्ताहिक विजेताहरूले जनही २५ हजार रुपैयाँ जित्न सफल भइसकेका छन् ।
कम्पनीका अनुसार याे याेजना आउँदाे मङ्सिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
सिटी एक्सप्रेसले विगत १७ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























