काठमाण्डाै, १४ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई २ सय ५ रनकाे लक्ष्य दिएकाे छ ।

काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयाे । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र माेहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।

पाकिस्तान ६ खेलमा ४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवाैँ स्थानमा छ ।