टी–२० विश्वकप छनाेट : ओमान र हङकङ विजयी
काठमाण्डाै, १३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा ओमानले विजयी शुरुवात गरेकाे छ । आज साेमवार भएकाे खेलमा ओमानले मलेसियालाई ३२ रनले हरायाे ।
ओमानले दिएकाे १ सय ५४ रनकाे लक्ष्य पछ्याएकाे मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रनमात्र बनाउन सक्याे । मलेसियाका वीरनदीप सिंहले ५७ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान र जेशान मकसूदले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायाे । ओमानका कप्तान जेशान मकसूदले नटआउट ५६ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।
यस्तै आजै भएकाे अर्काे खेलमा हङकङले कुवेतलाई १६ रनले हराउँदै प्रतियाेगितामा विजयी शुरुवात गरेकाे छ ।
हङकङले दिएकाे १ सय ६७ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्याे । ओमानका कप्तान माेहम्मद असलामले ५२ रन बनाए । बलिङतर्फ हङकङका अजिज खानले ३ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायाे । हङकङका मार्टिन कोट्जीले ८१ रन बनाए । बलिङतर्फ ओमानका सइद मुनिबले २ विकेट लिए ।
यसअघि आजै भएका खेलमा नेपालले सिङ्गापुरलाई र यूएईले बहराइनलाई हरायाे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















