हेलिकप्टर दुर्घटनामा परि घाइते भएका मनाङ एअरका पाइलट सेढाईँको उपचारका क्रममा निधन
काठमाण्डाै – मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको उपचारका क्रममा निधन भएको छ ।
असोज २७ गते शनिवार हेलिकप्टर दुर्घटनामा परि घाइते भएका उहाँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको मनाङ एअरले जनाएको छ । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।
सेढाईँलाई काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाईँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । फाइल तस्बिर

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























