‘पावर लिफ्टिङ’ मा पवनको राष्ट्रिय कीर्तिमान
काठमाडौ, ६ कार्तिक । चीनकाे हान्झाउमा चलिरहेकाे चौथो एसियाली पारा खेलकुदको ‘पावर लिफ्टिङ’ मा नेपालका पवन घर्ती मगरले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
एक्सएससी जिम्न्याजिममा भएको पुरुष ४९ केजीमुनिको समूह ‘बी’ को प्रतिस्पर्धामा २८ वर्षीय पवनले ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् ।
यसअघि ७५ केजीको कीर्तिमान पवनकै नाममा थियो । उनले दुबईमा यसै वर्ष भएको विश्व पारा ‘पावर लिफ्टिङ’ मा याे कीर्तिमान बनाएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























