अजय मिश्र, कृष्णनगर ।
कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार लगाएत कृष्णनगर नगरपालिकाको विभिन्न वडाहरुमा पण्डाल स्थापना गरि दुर्गा पुजा भव्यरुपमा मनाइएको स्थानीय
राकेश पाण्डेयले बताउनु भयो ।

विजया दशमीको अवसरमा नवदुर्गा भवानीको मूर्ति राखेर ९ दिनसम्म विहाना बेलुका आरती पूजा भइरहेको छ । तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन वर्षो देखि चलिआएको छ । कपिलवस्तु जिल्लामा दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने चलन रहेको छ । मुर्तिलाई शान्ति, सदभावका साथ विर्सजन मंगलवार गरिने जनाइएको छ ।

कृष्णनगर क्षेत्रको शान्ति सु–ब्यवस्थाको लागि सुरक्षाकर्मी अहोरात्र खटिएको जानकारी गराइएको छ।