नेपाली सेनाका अफिसर क्याडेट श्रीजन बानियाँलाई पाकिस्तानमा स्वर्णपदक
काठमाण्डाै, ५ कार्तिक । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ ।
पाकिस्तान मिलिटरी एकेडेमीमा शनिवार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उहाँले गोल्ड मेडल प्राप्त गर्नुभएको हो ।
नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएका कडा परिश्रम र समर्पणको प्रमाण भएको सेनाले जनाएको छ । तस्बिर : एजेन्सी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























