निरहु यादव
कपिलवस्तु मर्यादपुर स्थित नेपाल–भारत सिमा नाकाबाट भन्सार छलेर अबैध सामान भित्रिने क्रम बढेको छ। सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीकै मिलेमतोमा भारतको खुनुवा बाट तस्करले खुलेआम विभिन्न सामान अबैध रुपमा तौलिहवा लगायत अन्य बजारमा समेत पुर्याउने गरेका छन्।
सुरक्षाकर्मीको संरक्षणमा तस्करहरुले मुख्य नाका मर्यादपुर र आसपासमा रहेका अन्य अबैध नाकाबाट दिनहुँजसो सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शीले बताए।
भारतीय बजार खुनुवाबाट ,, मोटरसाईकल, स्कुटर, साईकल प्रयोग गरी तस्करले लत्ता कपडा,मटर केराउ , खाद्यान्न र मोटर पार्ट्स र हार्डवेयरका सामान भन्सार छलेर भित्र्याउने गरेका छन्।
मर्यादपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सिमा सुरक्षा र भन्सार सुरक्षा गस्तीको काम गर्दै आएका छन्। मर्यादपुर कटाए पछि सदरमुकाम तौलिहवा पर्छ जहाँ जिल्ला प्रहरीका उच्च पदाधिकारीको कार्यलय रहेका छन् ।
खुनुवा बजार आवत-जावत गर्दा सर्बसाधारणलाई दैनिक पुर्ण चेकजाँच गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्ट आसपासकै क्षेत्रबाट तस्करको सामान ओसारपसार गर्दा चेकजाँच नगरि छोडने गरेका छन् ।
भन्सार छलेर सामान तस्करी हुदा प्रहरी मुखदर्शक बनेकोले प्रहरी प्रति जनताको बिश्वास घटदै गइरहेको छ ।
मर्यादपुर प्रहरी चौकीमा पुरानो प्रहरी र घुमुवाको रूपमा खटेका प्रहरी जवान संजय गोसाइँ मार्फत सबै तस्करसँग सेटिङ मिलाएको प्रत्यक्षदर्शीहरूले आरोप लगाउने गरेका छन्।
तस्करीमा संलग्न ब्यक्तिले मासिक रुपमा पैसा बुझाउँछन्, उनीहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीकावाट संरक्षण दिइरहेका छन्,’ एक स्थानीयले नाम नबाउने सर्तमा बताए ।
यस विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी उपरीक्षक एवं प्रमुख नवरत्न पौडेल र सशस्त्र प्रहरी बल गण नम्बर २८ प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलाई सोध्दा वहाँले कुने प्रतिक्रिया दिन चाहनु भएन ।