हङकङसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै
काठमाण्डौ, २ कार्तिक । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले हङकङसँग खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेको छ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
नेपालले पहिलो खेलमा हिजो यूएईलाई ७ विकेटले हराएको थियो । नेपालले पर्सि ४ गते फेरि हङकङसँग नै खेल्ने छ भने ६ गते यूएईसँग खेल्नेछ । शृङ्खला डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















