४३ ओभरमा झारिएकाे खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई दियाे २ सय ४६ रनकाे लक्ष्य
काठमाण्डाै, ३० असाेज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २ सय ४६ रनको लक्ष्य दिएको छ ।
भारतको धर्मशालामा पानी परेपछि खेल ४३ ओभरमा झारिएको थियाे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ८ विकेट गुमाएर २ सय ४५ रन बनायाे । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्ड्सले सर्वाधिक नटआउट ७८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्को जेनसन र कागिसो रबाडाले २/२ विकेट लिए ।
विश्वकपमा आफ्ना दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अङ्कका साथ तेस्रो स्थानमा छ । २ खेलमा दुवै खेल हारेकाे नेदरल्यान्ड्स पुछारमा छ । अङ्क तालिकामा भारत ६ अङ्कका साथ शीर्ष स्थानमा छ । ६ अङ्क नै भएको न्युजिल्यान्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























