प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना
फाइल तस्बिर
काठमाण्डाै, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मङ्गलवार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना हुनुभएको हो ।
अहिले उहाँलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ । प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























