काठमाण्डाै – विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओससँगकाे खेलमा १–० गाेलकाे अग्रता लिएकाे छ ।

लाओसकाे राष्ट्रिय रङ्गशालामा भइरहेकाे खेलमा नेपालका लागि मनिष डाँगीले गाेल गर्नुभयाे । मनिषले खेलकाे ५२ औँ मिनेटमा अञ्जन विष्टकाे पासमा गाेल गर्नुभयाे ।

गएकाे बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल लाओससँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे थियाे । आजको खेल जित्ने टोलीले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछ ।