काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजाबाहकले मात्रै गर्नसक्ने बताएका छन्।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनमा राखिएका पसल र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । उनले टर्मिनल भवनमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनासो बढेपछि अनुगमन गर्नुपरेको बताए।

उनले अुगमनका क्रममा सरकारले तोकेभन्दा बढी भाडा नलिएको पनि जानकारी दिए। उनले उडानमा ढिला नगर्न निर्देशन दिँदै लो रेटका टिकट कम र हाइ रेटका टिकट बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको बताए।

मन्त्री किराँतीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै बढी पर्यटक भित्र्याउन उडानमा सुविधान दिनुपर्ने बताए।