चन्द्राैटा, २९ असोज ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नंम्वरको कार्यालयको सोमबार एक कार्यक्रमका बीच समुद्धघाटन गरिएको छ । शिवराज नगरपालिकाका वडा नं ६ को १० लाख र नगरपालिकाको ४१ लाखको लागतमा निमार्ण सम्पन्न भवनको नगर प्रमुख अजय थापा र वडा अध्यक्ष मेहताव आलम खांले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले आफ्नो कार्यकालमा वडा नं ६ ले आफ्नो भवन बनाउन सफल भएकोमा खुशी व्यक्त गरे । थापाले अव बांकी रहेका वडा नं १ र ७ ले पनि छिटै बनाउन आग्रह गर्दै वर्षौ देखि भाडामा रहेको वडा आफ्नै भवनमा सरे पश्चात भाडा बापतको रकमले अन्य वडाको विकासमा लगाउन सकिने बताउँदै वडा दशैको पावन अवसरमा सम्पूर्ण नगर तथा वडा बासीमा शुभकामना व्यक्त गरे ।
वडा अध्यक्ष मेहताव आलम खानले यो भवन पहिलाकै वडा अध्यक्षको कार्यकालमा बन्नुपर्ने भएपनि विभिन्न राजनितिक कारणले बन्न नसकोमा दुःख व्यक्त गर्दै आफ्नो कार्यकालमा बनाउन सफल भएको बताए । खानले वडा कार्यालय सम्पुर्ण वडाबासीको कर तिरेको रकमले बनेको बताउंँदै यसको संरक्षणको जिम्मा समेत वडा बासीले लिनुपर्ने बताए ।
यस्रबीच शिवराज नगरपालिकाका नगर उप प्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेल, पुर्व नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष खिम विक्रम के.सी,राम बहादुर चौधरी, टेकलाल सापकोटा नेत्र प्रसाद बेल्बासे, अनुप कुमार चौधरी लगायतले सम्बोधन गर्दै वडा दशैको शुभकानमना समेत व्यक्त गरेका थिए ।