चन्द्रौटा, २९ असोज ।

कपिलवस्तुको शिवराज नगरपालिकामा नै पहिलोपटक वडा अध्यक्ष कप कराते प्रतियोगिता हुने भएको छ । वडा नम्बर–९, तुरुन्तपुरमा यहि अगामी कत्तिक ४ र ५ गते हुने भएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको आयोजना र बुद्धशक्ति डोजो करातेको सह–आयोजनामा हुन लागेको हो ।

आउँदै गरेको १०औँ राष्ट्रिय खेलकुदको अवसर पारेर पछिल्लो समय लागू दुव्र्यसनबाट निरुत्सान पार्दै स्वास्थ्यमा विकास गर्न प्रतियोगिता आयोजना गर्न थालिएको आयोजकले जनाएको छ । वडा अध्यक्ष राम गोपाल थारुले विशेषगरी युवा पुस्ता कूलतमा फस्दै गएको जसले गर्दा समाजमा हुने गरेका विकृति न्यूनीकरण गर्न खेलकुद कार्यक्रमको आयोजना गरिएको बताए । स्थानीय खेलाडीहरु उत्पादन गर्दै देशका लागि योगदान पुराउने योजनाका साथ लागी परेको समेत वडा अध्यक्ष थारुको भनाइ छ ।

यस्तै बुद्धशक्ति कराते डोजोका संस्थापक संयोजका रामु सुनार (राजिब) ले खेलाडीहरुको ग्रासरुटबाटै क्षमता अभिवृद्धि गर्न गरी यस्ता कार्यक्रमको योजना अघि सारेको बताए । उक्त खेलकुद प्रतियोगितामा नगर भित्रका २ सय खेलाडीहरुको सहभागिता रहने उनले जनाए । खेलकुदको माध्यमबाट नागरिक स्वास्थ्य जीवन बिताउन सकिन्छ भन्ने संदेश आम नागरिकमा प्रवाह गर्ने समेत सुनारले जिकिर गरे ।