पूर्व लडाकुको रथी पद थमौती स्वीकार्य छैन : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गरेका छन्।
सरकारले गत भदौ ३१ बाट अनिवार्य अवकाश पाएका अधिकारीलाई विशेष पद सिर्जना गरेर तीन वर्ष म्याद थप गरेको छ। त्यसको सेनाभित्र असन्तुष्टि चुलिँदो छ। सेनाका पूर्व अधिकारीले यस्तो निर्णयले सेनाको मनोबल घटाएको भन्दै विरोध गरेका छन्। कोइरालाले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट अलग रहेको संस्थालाई दुरुपयोग गरेको भन्दै सरकारको आलोचना गरेका छन्।
‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं। सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























