दियालोको अध्यक्षमा पुन चयन
चन्द्राैटा, २७ असाेज ।
दियालो नेपाल कपिलवस्तुको अध्यक्षमा ज्योती पुन निर्विरोध चयन भएकी छन् । शुक्रवार चन्द्राैटामा भएको ११ औँ साधारणसभा तथा छैठौ अधिवेशनमा अध्यक्षमा ज्योती पुन मगर, उपाध्यक्षमा पुष्पा सुनार, सहसचिव दिलमाया थापा,कोषाध्यक्षमा शान्ता सुनारलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरु रितु बेल्वासे, कमला जिसि,रिता केसि,शोभा कुर्मी सर्वसम्मत चयन भएकी हुन् । केहि पदमा पछि कार्यसमितिले मनोनित गर्ने अध्यक्ष पुनले बताइन् । कार्यक्रममा वडा न ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेले दियालो नेपालले विगत देखि नै सामाजिक काममा सक्रिय रहेको बताए । मुख्यः महिलाको अधिकार र महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा दियालो नेपालले गरेक कामको उनले प्रशंसा गरे ।
संस्थापक अध्यक्ष मिना परियारले अन्यायमा परेका महिलाहरुको लागि दियालो नेपाल सारथी बनेको उनले जनाइन । अहिले पनि निरन्तर संस्थाले न्यायको पक्षमा काम गरिरहेको जिकिर गरिन् । उनले कुनै पनि हिंसा सहेर महिला बस्न नहुने भन्दै हिंसा विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिइन । वडा न १ का अध्यक्ष खिम विक्रम केसी, वडा न १० का अध्यक्ष मन्जु मिश्रा, नेता करम हुसेन, पत्रकार दिपक केसी, गिता पौडेल लगायतले शुभकमना दिएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























