काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको विषयमा शीर्ष नेताहरुसँग छलफल गरेर अगाडि बढनुपर्ने बताएका छन्।

मंगलवार प्रतिनिधिसभाको कानून , न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक पारित गर्ने सन्दर्भमा शीर्ष नेताहरुसँग छलफल गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले प्रतिवेदन पेश गरेको छ ।

उनले तत्कालिन राज्य पक्ष र विद्रोहीका बीचमा भएको बृहत शान्ति सम्झौतालाई मध्यनजर गर्दै विधेयक पारित गर्नुपर्नेमा जोड दिए।