बागमती मन्त्रिपरिषद्द्वारा दुईवटा कार्यविधि स्वीकृत
काठमाडौं : बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले दुईवटा कार्यविधि स्वीकृत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन कार्यविधि २०८० र चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम (मकवानपुर, चितवन र धादिङ) सम्बन्धी कार्यविधि २०८०, स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेशसभाको वर्षे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
बैठकले प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय गरेको पनि बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























