इजरायलका राजदूतलाई तत्काल निलम्बन गर्न माग
काठमाडौं : आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता भएको बताए । कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको उनको भनाइ छ। सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गर्नाले असक्षम राजदूत नियुक्ति हुने गरेको उनले बताए ।
‘इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता हो यो । कतै न कतै कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ । त्यो देश पहिलाबाट नै युद्धरत छ । ती दुवै पक्षबीच युद्धमा नै थियो । त्यहाँको राजदुत के गरेर बसेको थियो । मेरो सुझाव सरकारले त्यो राजदुतलाई निलम्वन गर्नुपर्छ । फिर्ता बोलाउनुपर्छ । त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो । बाहिरि कुरा देखाएर हुँदैन । सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गरेपछि यस्तै हुन्छ । सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ ।’
बाइट…प्रभु साह, सांसद, प्रतिनिधि सभा
सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























