इजरायलका नेपाली राजदूतको क्षमतामाथि रास्वपा सांसदको प्रश्न
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताएका छन्।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए।
उनले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको टिप्पणी गरे। संकटका बेलामा क्षमताका कुराहरू बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उहाँले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताए।
‘इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थीसँग मेरो पनि प्रत्यक्ष कुरा भएको थियो। त्यसबारेमा संवाद गर्नसक्ने अवस्थामा हामी मन्त्रालयबाट प्रेस विज्ञप्तिको रुपमा मात्रै हामी कम्युनिकेट गरिरहेका छौँ। त्यसले आम जनतामा सरकार निकम्मा भयो भन्ने म्यासेज गएको छ। सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्छ।’ उनले भने ‘क्राइसिसको बेलामा क्षमताका कुराहरू बढी प्रमुख रुपमा देखिन्छ। राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेका छन्। पीडित विद्यार्थीले पनि राजदूतावासमा प्रश्न उठाउनुभएको छ। हामीले राजदूत छान्दा सधैं हाम्रा मात्रै छान्ने हो की, संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने?’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























