काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा अन्तर मावि भलिबल प्रतियोगिता हुने भएको छ।

गाउँपालिकास्थित महेन्द्रोदय माविले बडादशैँ, तिहार र छठको अवसर पारेर गाउँपालिकास्तरीय अन्तर मावि भलिबल प्रतियोगिता ‘महेन्द्रोदय कप–२०८०’ आयोजना गर्न लागेको हो।

प्रतियोगिता असोज २५ र २६ गते सुनकोशी–६ पाटीडाँडास्थित विद्यालयकै मैदानमा हुने प्रधानाध्यापक कृष्णप्रसाद दंगालले जानकारी दिए। प्रतियोगितामा भाग लिने टोलीलाई असोज २४ सम्म फाराम बुझाउन भनिएको छ।

प्रधानाध्यापक दंगालका अनुसार विजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित २० हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १० हजार प्राप्त गर्नेछ।