काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र न्यूजिल्याण्ड भिड्दैछन्।

दुवै टोली आज आफ्नो दोस्रो खेलका लागि मैदान उत्रिन लागेका हुन्। यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे हैदराबादमा हुनेछ। न्यूजिल्याण्ड आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा नेदरल्याण्ड्स भने पहिलो जितको खोजीमा हुनेछ।

न्यूजिल्याण्डले उद्घाटन खेलमा इङ्ल्याण्डविरुद्ध ९ विकेटको सानदार जित निकालेको थियो। नेदरल्याण्ड भने पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको थियो।

यसअघि हिजो भएको खेलमा घरेलु टोली भारतले अस्ट्रेलियाविरुद्ध जित निकालेको छ। चेन्नईमा भएको खेलमा अस्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको भारतले केएल राहुल र विराट कोहलीको उत्कृष्ट साझेदारीमा ६ विकेटको जित हासिल गर्न सफल भयो। राहुलले नटआउट ९७ तथा विराटले ८५ रन जोडे। -एजेन्सी