भूमी अधिकार तथा श्रमिक संगठन नेपाल शिवराज ३ को वडा भेला सम्पन्न, खिमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन ।
कमल बिष्ट,कपिलवस्तु
भूमी अधिकार तथा श्रमिक संगठन नेपाल शिवराज नगरपालिका ३ नम्बर वडाको भेला शिवराज ३ मदवामा सम्पन्न भएको छ, भेलाले खिमबहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ, जसको उपाध्यक्षमा देबीराम खनेल, सचिबमा शन्ति परियार, उप सचिबमा आशा बिक, कोषाध्यक्षमा परसुरम कामी र सदस्यहरूमा मिना बिक, सुदन सुनार, सतराम थारु, सीता नेपाली र बिरा बिक रहेका छन् ।

नेकपा एमालेको जनबर्गीय संगठनको रुपमा क्रियाशील भूमी अधिकार तथा श्रमिक संगठन नेपालको वडा भेला लाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नेत्रराज अधिकारीले जब जब एमाले सरकारमा गएको छ तब तब जनपक्षीय काम गरेको जिकिर गर्दै भूमिहिन सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने अभियान पनि एमालेले नै सफल बनाउने बताउनुभयो, त्यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य, नगर सह इन्चार्ज तथा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले एमालेले नेतृत्व गरेको संघीय सरकार रहेको बखत तिब्र गतिमा भूमोहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न काम भनि एमाले सरकार ढालेर त्यो अभियान प्रभावित पार्न अहिलेको गठन्धन सरकार लागेको बताउनुभयो।

त्यस्तै नेकपा एमाले जिल्ला कमिटी सचिब सिबी गहतराजले एमालेको बहुमतको सरकार भए भूमिहिनको समस्या समाधान गर्न सहज हुने भन्दै त्यसका लागि सबैलाई एमालेमा गोलबद्ध हुन आह्वान गर्नुभयो, त्यस्तै नेकपा एमाले शिवराज नगर कमिटी सचिवालय सदस्य तथा शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाले वडामा सुचिकृत हुन छुटेको भए अबिलम्ब सुचिकृत हुन आग्रह गर्नुभयो, आफुले जनताको पक्षमा काम गर्न कुनै कसर बाकी नराख्ने बताउदै कुनै गुनासो , समस्या भए जानकारी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी करीब एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए, भूमी अधिकार तथा श्रमिक संगठन नेपाल शिवराज नगर कमिटी अध्यक्ष झकबहादुर खत्रीको अध्यक्षता, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नेत्रप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, एमाले नेतृ तथा नगर सह इन्चार्ज शिवकुमारी थारु, जिल्ला सचिब सिबी गहतराज, नगर अध्यक्ष जगतप्रसाद पौडेल, नगर सचिव सरद अधिकारी, नगर कमिटी सदस्य टेकलाल सापकोटा, नगर कमिटी सचिवालय सदस्य बेलसिंह रावत लागयतको आतिथ्यता रहेको कार्यक्रम भूमि अधिकार तथा श्रमिक संगठन नेपालका प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज लालु खनाल नेपालीको स्वागत र नेकपा एमाले नगर कमिटी सदस्य ज्योतिलाल भूसालको सन्चालन सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















