बागेश्वरी बनकाे अध्यक्षमा गुरूङ
राम बहादुर गन्धर्व
बागेश्वरी सामुदायिक बन उपभोक्ता समूह बाणगंगा ५,६, ११ र क.ब.न.पा.१०कपिलवस्तुकाे १४औं साधरणसभा तथा छैठौं अधिवेशनबाट लेमबहादुर गुरूङ अध्यक्ष पदमा चयन भएका छन ,जसकाे उपाध्यक्षमा पवित्रा बेलबासे ,सचिवमा निर्मला चौधरी ,काेषाध्यक्षमा गिरीराज न्यौपाने ,स-सचिवमा गाेबिन्दी थारू रहेका छन् भने सदस्यहरूमा सुरेन्द्र चौधरी ,ठागे थारू,जमुन प्रसाद थारू,अमृत चौधरी ,भराेसी थारू देवीप्रसाद पाेख्रेल ,मिना गिरी ,सुमित्रा न्यौपाने र कमला परियार रहेका छन् भने लेखा समितिमा माेहन बेलबासे ,कुलराज बेलबासे रहेको आयोजकले बताएको छ। मंगलबार आयोजित अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सफलताको शुभकामना दिदै कार्यक्रममा बाेल्ने बक्ताहरूले कार्य समितिकाे महत्त्वपूर्ण याेगदानकाे प्रशंसा गर्दै सामुदायिक बनकाे संरक्षणमा सबै एकजुट भएर लाग्नु पर्नेमा जाेड दिदै बनका हरेक गतिविधिहरूमा थप ब्यवस्थित,पारदर्शी -जवाफदेही बनाउन समिति मात्र नभइ बनसँग सम्बन्धित सम्पूर्ण निकाय क्रियाशील हुनुपर्ने बताए ।यसै बिच बनका काेषाध्यक्ष लेम गुरूङले ९लाख १९हजार ५सय २९ रूपिया बराबरको आय ब्याय सार्वजनिक गरेका थिए । वडा न.५/६का जनप्रतिनिधि ,विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,टाेल बिकास संस्थाका पदाधिकारी ,पुर्व पदाधिकारी लगाएतकाे साधरणसभा बनका अध्यक्ष कल्लु थारूकाे अध्यक्षता जिल्ला बन अधिकृत विजयराज सुवेदीको प्रमुख आतिथ्यता पुर्व संबिधान सभा सदस्य बिश्रामप्रसाद थारू ,बाणगंगा नगरपालिका कि उपप्रमुख चौधरीकाे बिशिस्ट आतिथ्यता रहेको कार्यक्रम गाेबिन्दी थारूकाे स्वागत र निर्मला चौधरीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























