कर्मचारीको माग पुरा नभए कडा आन्दोलनमा जाने चेतावनी
दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा, १५ असोज ।
कपिलवस्तुको शिवराज नगरपालिकामा कर्मचारीहरुकाे संघर्ष समिति गठन भएको छ । सोमबार डिल्लीराज भट्टराईको संयोजकतत्वमा ९ सदस्यीय संघर्ष समिति गठन भएको हो । शिवराज नगरपालिका-५, चन्द्रौटामा संघर्ष समिति गठन भएको संघर्ष समितिले जनाएको छ ।
कर्मचारीहरुको हकहितको लागि संघर्ष समिति गठन गरिएको जनाईएको छ । जसको उपाध्यक्षमा मोहन केसी, सचिवमा प्रकाश पोख्रेल, कोषाध्यक्षमा नारायण पंगेनी लगायत चयन भएको बताइएको छ । आफूहरुको माग सरकारले पुरा नगरे आन्दोनरत रहने समेत संयोजक भट्टराईको भनाइ छ ।
स्थानिय ऐन नबनाई सरकारले कर्मचारीलाई सरुवा बढुवाकाे बिषय लगायतको सेवा सुविधामा समेत हस्तक्षेप गरिरहेको कर्मचारीहरुको गुनासो छ । तत्कालै सरकारले कर्मचारीहरुको माग पूरा नगरे भोली (मंगलबार) देखि कार्यालयमा हातमा कालोपट्टी बाँधी आन्दोलन जारी राख्ने समेत चेतावनी दिएको छ ।
कर्मचारीका विराेध कार्यक्रमहरु :
-संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने ।
– स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने ।
– निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने ।
– बिना सहमती ७५३ स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गर्नुपर्ने ।
-समायोजन भएका सबै सेवाका कर्मचारीहरूको उचित व्यवस्थापन गरिनुपर्ने ।
– तीनै तहका कर्मचारीहरूको समान बृद्धि विकासको व्यवस्था गरिनुपर्ने ।
– स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको संघमा नै अनिवार्य व्यवस्था गर्नुपर्ने ।
– निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ।
-जुन सुकै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने ।
– स्थानीय तहका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने ।
-अस्थायी तथा करार, कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने । 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























