ऐँठनलाई मदन र मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय
काठमाडौं : २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले प्राप्त गरेको छ। मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै, जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय भएको छ। मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार लाख रुपैयाँ छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















