विद्यालय पोशाकमै विद्यार्थी लाई मदिरा चुरोट विक्रीवितरणको खबरले झस्कियो वडा, तत्काल बिक्री बन्द गर्न व्यवसायी लाई सूचित गरिने
कमल बिष्ट
कपिलवस्तु, १२ असाेज ।
किशोर किशोरी, युवा युवती विद्यार्थीहरू लागु औषध दुर्व्यशनीमा फस्ने क्रम नरोकिएपछि कपिलवस्तुको शिवराज नगरपालिका १ नम्बर वडाले लागु औषध दुर्व्यशनीको रोकथाम तथा न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ, वडा कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, , वडा सदस्यकरू, टोल बिकास संस्थाका प्रतिनिधि, शिक्षक प्रतिनिधि, शिवपुर आशा सन्जालका प्रतिनिधि, सामाजिक अगुवा लगायत लाई भेला गरी लागु औषध न्यूनीकरणका उपायका विषयमा बृहत् छलफल अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले किशोर किशोरी, युवा युवती विद्यार्थीहरू लागु औषध दुर्व्यशनीमा फस्ने क्रम नरोकिएकोमा चिन्ता गर्दै धूम्रपान, मद्यपान तथा सूर्तिजन्य पदार्थ विक्रीवितरण गर्ने पसल तथा होटलहरूले विद्यालय पोषाकमा खरीद गर्न आएका विद्यार्थी लाई समेत विक्री गर्नेगरेको बताउदै त्यस्तो कार्यमा रोक लगाउन वडा कार्यालयले पहल गर्नुपर्नेमा जोड दिएका थिए, औषधि लाई समेत लागु औषधको रुपमा प्रयोग गर्नेगरेको पाइएकोले क्लिनिक सन्चालक लाई स्वास्थ्यकर्मीको सिफारिस बिना बालबालिका र विद्यार्थी लाई त्यस्ता औषधि विक्री बितरणमा रोक लगाउदै अटेर गर्ने लाई लागु औषध प्रयोगकर्ता लाई पक्राउ परेको अवस्थामा लागु औषध विक्री गर्ने विक्रेता सम्म अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै शिवराज १ का वडा अध्यक्ष खिमबिक्रम केसीले वडाले बजेट बिनै वडाको जटिल समस्या महसुस गरेर आकस्मिक अन्तरक्रियाको आयोजना गरेको बताउदै विद्यालय पोशकमा आउने विद्यार्थी लाई धूम्रपान मद्धपान एवम् सुर्तीजन्य पदार्थ विक्री नगर्न सबै व्यवसायी लाई सूचना पत्र मार्फत सचेत गराउने र प्रहरीको साथ लिएर सोको निगरानी गर्ने साथै अटेरी गरे कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने गरी अघि बढ्ने जानकारी गराउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख गीताप्रसाध चौधरीले लागु पदार्थ सेवन र बिक्री वितरणको सूचना पाएलगत्तै प्रहरीमा खबर गर्न आग्रह गर्दै सूचना दिनेको नाम गोप्य रहने जानकारी गराउनु भयो ।
शिवराज १ का वडा अध्यक्ष खिमबिक्रम केसीको अध्यक्षता, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक गीताप्रसाद चौधरीको प्रमुख आतिथ्यता, पूर्व वडा अध्यक्ष जगतबहादुर घर्ती क्षेत्री, बिभिन्न दलका प्रतिनिधि, टोल बिकास संस्थाका प्रतिनिधि, शिक्षक प्रतिनिधि, किडार्क नेपालका प्रतिनिधि, शिवपुर आशा सन्जालका प्रतिनिधि, सामाजिक अगुवाको आतिथ्यता रहेको कार्यक्रम वडा सचिव धनिश्वरा बैजालीको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















