१२ असोज, काठमाडौं । राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।

पहिलो सिजनमा काठमाडौं रेजर्सलाई उपाधि जिताउने कप्तान कुथुले यस पटक नयाँ टिमसँग सम्झौता गरेका छन् ।

उनी त्रिभुवन आर्मीको गोलकिपर हुन् । उनले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सञ्चालन हुनेछ ।

Suzuki Dashain Offer

यस सिजन पहिलो सिजनका ६ र नयाँ ३ गरि कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।