चन्द्रौटा, १२ असोज ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३, सुपा देउराली मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । नेपाल स्वयंसेवक संघ शिवराज नगर कार्यसमितिको आयोजनामा शुक्रबार वृक्षारोपण गरिएको हो ।

शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले बृक्षारोपण कार्यले वातावरण संरक्षण सँगसगै मानव जीवनमा अत्यावश्यक अक्सिजन पाईने भएकोले यस्ता सेवामुखी कार्यले सबैलाई फाईदा हुने प्रशांसा बताइन् । बृक्षारोपण गरेर मात्र केही नहुने रोपिसकेपछि ती बिरुवाको संरक्षण गरि हुर्के भने मात्रै त्यसको फाइदा लिन सकिने भएकोले बृक्षारोपण सँगसँगै संरक्षणमा लाग्न समेत आग्रह गरिन् ।

यस्तै राष्ट्रिय मानव अधिकार प्रतिष्ठान शाखा सभापति बिष्णु खतिवडाले मन्दिर परिसरमा बृक्षारोपण कार्य सकरात्मक भएको उल्लेख गर्दै यस्ता खालका कार्यक्रमले सौन्दर्यकरणमा समेत टेवा पुग्ने बताए । त्यसैगरी नेपाल स्वयंसेवक संघका केन्द्रीय सदस्य गोपाल बन्जाडेले संघको केन्द्रीय कार्यक्रम अनुसार शिवराज नगरपालिका वडा नम्बर ३ सुपा देउराली मन्दिरमा परिसरमा बृक्षारोपण गरिएको जनाए । बृक्षारोपण कार्यक्रममा नेपाल स्वयंसेवक संघका नगर कार्यसमितिका पदाधिकारी, मन्दिर पुजारी लगायतको उपस्थिति रहेको संघका नगर अध्यक्ष लेखनाथ घर्तीले जानकारी दिए ।

कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारु, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान जिल्ला सभापति बिष्णु प्रसाद खतिवडा, नेकपा एमाले शिवराज नगर कमिटी सचिव शरद अधिकारी नेपाल स्वयंसेवक संघका केन्द्रीय सदस्य गोपाल बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।