पाल्पा : डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। डेंगु संक्रणबाट ३५ वर्षीय गोविन्द सारुको मृत्यु भएको माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए।

सारु असोज ५ गते तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना भएका थिए। उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष चिदीले जानकारी दिए।

जिल्लामा डेंगु संक्रमणबाट यसअघि पनि एक महिलाको मृत्यु भएको थियो।