अभियान्ताहरू संवादमा आउन नमानेको बालेनको आरोप
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आन्दोलनरत अभियान्ताहरूलाई संवाद गर्न बोलाए पनि अटेर गरेको बताएका छन्। उनले सोमबार सामाजिक सञ्जालबाट अभियान्ताहरू संवादमा आउन नमानेको जानकारी दिएका हुन्।
उनले लेखेका छन,‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन।’
उनले लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा बुझेको बताए। ‘सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं,के वार्ता हामीले उहाँहरूको नेता सङ गर्न पर्ने ?,’उनले भने।
सामाजिक अभियन्ता ई ले फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै असोज २ गतेदेखि आन्दोलन गरेका थिए। अन्य युवाहरूले पनि उनको आन्दोलनमा साथ दिएका छन्। काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि ७७ घन्टासम्म उभिने उनले बताएका छन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















