काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ सालपछि नेपालमा मिडियाको क्षेत्रमा ठूलो काम भएको उल्लेख रेका छन्।

शनिबार प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो २ दशकमा मुलुकले पत्रकारिताको क्षेत्रमा ठूलो फड्को मारेको र यो उपलब्धिपूर्ण रहेको उल्लेख गरे।

‘२०४६ पछि नेपालमा कुनै ठूलो कुरा भएको छ भने त्यो मिडिया क्रान्ति नै हो’ उनले भने । पञ्चायतकालमा आफूले पनि पत्रकारिता गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले कुनै पनि देशको प्रेस स्वतन्त्रताको अवस्थाबाट नै देशको समृद्धिको अवस्था थाहा पाउन सकिने बताए।

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष र स्वतन्त्र रहँदै सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

 

‘सामाजिक सञ्जालको तीव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तुले कतिपय बेला अन्योल सृजना भइरहेको भन्ने गुनासो सरोकारवालाले गरेको पाइन्छ’, राष्ट्रपति पौडेलले भने, ‘यस्तो अवस्थामा सामाजिक सञ्जालबाट सिर्जना हुने अन्योल समेत प्रेसजगतले चिर्ने गरी सूचना प्रवाह गर्नुपर्ने दायित्व थपिएको छ।’

उनले राम्रो काम गर्ने पत्रकारलाई पुरस्कृत, सम्मान गर्ने र गर्न नसक्नेलाई राम्रो गर्नेतर्फ उत्प्रेरित गर्ने स्वायत्त संस्था प्रेस काउन्सिल भएको उल्लेख गरे।

कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले काउन्सिलको भूमिकालाई प्रशासनिक कार्यमा भन्दा पत्रकारिता क्षेत्रकै नियमन र पत्रकारको स्वनियमन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न जरुरी रहेको बताइन्।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आर्थिक सङ्कटका बिचमा पनि नेपाली मिडियाले दायित्व नभुलेको बताइन्। उनले तमाम सङ्कटका बीचमा नेपाली मिडियाले देशको हितमा जनताको पक्षमा र समृद्धिको पक्षमा काम गरेको भन्दै मिडियाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गरिन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले प्रेससम्बन्धी कानुन निर्माणको कार्य फास्ट ट्रयाकबाट गराउन सरकारको ध्यानाकर्षण गराए।

काउन्सिलले वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकारहरू, काउन्सिलका पूर्व पदाधिकारी र सदस्यसचिवहरूलाई सम्मानसमेत गरेको छ । साथै विभिन्न विधामा ६४ वटा पुरस्कार वितरण गरेको छ ।​

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई

यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई दिइएको छ। यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राइलाई प्रदान गरिएको छ । १ लाख ५१ हजार राशीको गोपालदास र १ लाख १० हजार राशीको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार राष्ट्रपति पौडेलले प्रदान गरेका हुन्।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक (काभ्रे), राममणि दाहाल (मकवानपुर) र माधवसिंह धामी (कञ्चनपुर)लाई दिइएको छ ।

प्रेस काउन्सिल शसक्त सञ्चारकर्मी पुरस्कार सागर पण्डित र चुडामणी भट्टराईलाई दिइएको छ । यस्तै यस वर्षको भाषागत पत्रकारिता पुरस्कार धनुषाबाट प्रकाशित हुने आँजुर द्वैमासिकलाई प्रदान गरियो भने काठमाडौँबाट प्रकाशित हुने हिमाली गुँरास द्वैमासिकलाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार दिइएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गरियो । युवा पत्रकारिता पुरस्कार १९ जना, महिला सशक्तीकरण पत्रकारिता पुरस्कार ६ जना र समावेशी पत्रकारिता पुरस्कार ७ जनालाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कार फोटोपत्रकार केशवराज थोकर र कलापत्रकार नेमिस गौतमलाई दिइएको छ ।

यसवर्षको प्रेस काउन्सिल नेपाल उत्कृष्ट कर्मचारी पुरस्कार शाखा अधिकृत विष्णु शर्मा लम्साल र मिडिया अनुगमनकर्ता प्रेमचन्द्र बडुलाई प्रदान गरिएको छ । यस्तै कर्मचारी प्रोत्साहन पुरस्कार वरिष्ठ प्रशासन सहायक लक्ष्मी पौडेल र कार्यालय सहयोगी मनोजकुमार मण्डललाई दिइयो ।

२० वर्ष सेवाअवधि पुरा गरेको अवसरमा यसवर्षको दीर्घसेवा पदकबाट कुचीकार रमा द्योलालाई सम्मानित गरिएको छ ।

/fi6«klt kf}8]n–;Daf]wg
sf7df8f}+F, ^ c;f]h M /fi6«klt /fdrGb| kf}8]n k|]; sfplG;n g]kfnsf] %$cf} jflif{sf]T;j ;df/f]xnfO{ zlgaf/ /fi6«klt ejg zLtn lgjf;df ;Daf]wg ub}{ . tl:a/ M ls/0f/fh lji6÷/f;;