३५ वर्षका भए होन्डुरन नोए जेलाया। उनको साथमा छिन् ३३ वर्षीया बेल्किस क्रुज श्रीमती र दुई छोराछोरी १२ वर्षीय नोए जेलाया र ५ वर्षीय जोनाथन। उनी अमेरिका–मेक्सिको सीमामा रहेको रियो ग्रान्डे इगल पार गरेर अमेरिका छिरेका हुन्। उनी एक उदाहरण हुन्। मेक्सीको अमेरिका बोर्डरमा हजारौँ आप्रवासीहरू जम्मा भएका छन्। उनीहरू जस्तोसुकै अवरोध र कष्ट सहेर भए पनि अमेरिका छिर्न चाहन्छन्।

मेक्सिको र अमेरिकाको करिब ३ हजार १ सय ४५ किलोमिटर बोर्डर रहेको छ। उक्त बोर्डरबाट आप्रवासीहरू अमेरिका छिरिरहेका छन्। यद्यपि अमेरिकी सरकारले बोर्डरमा कडा निगरानी गरिरहे पनि आप्रवासी रोक्न सकेको छैन।

हालैका दिनमा क्यालिफोर्नियाबाट टेक्साससम्म हजारौँ आप्रवासीहरू संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आप्रवासीहरूले टेक्सास शहर ईगल पासमा रहेको नदी र ती नदिमा लगाइएको तारलाई समेत मात खुवाउँदै अमेरिका प्रवेश गरेको बताइएको छ।

Migrants who crossed the Rio Grande from Mexico to the U.S. work their way through concertina wire, Friday, Sept. 22, 2023, in Eagle Pass, Texas. (AP Photo/Eric Gay)

A barbed wired fence is pictured next to the Rio Grande in the US-Mexico border in Eagle Pass, Texas on September 22, 2023. (Photo by Paula RAMON / AFP)

A barbed wired fence and a sign are pictured next to the Rio Grande in the US-Mexico border in Eagle Pass, Texas on September 22, 2023. (Photo by Paula RAMON / AFP)

Migrants who crossed the Rio Grande from Mexico to the U.S. seek a way to pass through concertina wire, Friday, Sept. 22, 2023, in Eagle Pass, Texas. (AP Photo/Eric Gay)

Migrants who crossed the Rio Grande from Mexico to the U.S. seek a way to pass through concertina wire, Friday, Sept. 22, 2023, in Eagle Pass, Texas. (AP Photo/Eric Gay)

A migrant who crossed the Rio Grande from Mexico to the U.S. works his way through concertina wire, Friday, Sept. 22, 2023, in Eagle Pass, Texas. (AP Photo/Eric Gay)

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनको अनुसार गत महिना लगभग ८२ हजार मानिसहरू अमेरिका प्रवेश गरेको जनाएको छ।