श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र श्रीलङ्का भ्रमणमा रहेका चिनियाँ राज्य परिषद् सल्लाहकार शेन यिकिनबीच चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने सहमति भएको छ ।
राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले संयुक्त बेल्ट एण्ड रोड निर्माणलाई दृढतापूर्वक समर्थन गर्ने र पोर्ट सिटी कोलम्बो र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाहको निर्माणलाई बढावा दिन चिनियाँ उद्यमहरूलाई देशमा लगानी गर्न प्रोत्साहित गर्ने बताउनुभएको छ ।
श्रीलङ्काको सामाजिक–आर्थिक विकासलाई बढावा दिन चीनसँग मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन चाहेको विक्रमासिङ्घेले बताउनुभयो । कतिपयले चीनको ऋणका कारण श्रीलङ्कामा आर्थिक समस्या बढ्दै गएको बताइरहेका बेला श्रीलङ्काले चिनियाँ लगानीलाई प्रोत्साहन गर्न सहमति गरेको हो ।