बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण
कपिलवस्तु, ५ असाेज ।
कपिलवस्तुकाे बाणगंगा नगरपालिकाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम दिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजना र खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रशिक्षणमा बाणगंगा नगरपालिकाभित्रका होटल व्यवसायी, मिष्ठान पसल, केक, पाउरोटी उद्योग, किराना तथा होलसेल, आइसक्रिम उद्योग, मासु पसल, फ्रेश हाउस, चना चटपट, फुल्कि चाट सम्बन्धी संचालन गर्दै आएका उद्योगी व्यवसायिहरुलाई दिएको हो ।
कर दाता सेवा कार्यालय तौलिहवाका प्रमुख सुरेश वरालीले खाद्य बस्तु उत्पादनसँगै व्यापारमा ध्यान पुराउन सके मात्रै सफल व्यावसायी हुने बताए । म्याद सकिएका खाद्य पदार्थको विशेष ख्याल गर्नुपर्ने बताउँदै खाद्य सुरक्षामा सबैको ध्यान जान जरुरी रहेको उनले बताए ।
यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम धिमिरेले बिभिन्न उत्पादन गरेका वस्तुलाई शुध्द बनाएर बजारसम्म पुराउने उद्धेश्यले कार्यक्रम आयोजना गरेकाे जनाए ।
यस्तै खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख रमेश दाहालले सहभागिहरुले खाद्यन्न उत्पादन, वितरण, उपलब्धता, पहुँच एवं उपयोगको ज्ञान सबैमा हुन आवश्यक भएकाे बताए । उनले खाद्यन्नमा पहुँच र त्यसको पोषण तत्व कायम राखेर स्वच्छ तरिकाले उत्पादन गर्न जान्न जरुरी रहेकाे बताए ।
यसैगरी खाद्य निरीक्षक सरोज खनालले खाद्य ऐन २०२३, नियमावली २०२७, खाद्य लेवल, खाद्य अनुज्ञापत्र, दण्ड सजाय र खाद्य स्वच्छता लगाएतको बिषयमा सहजीकरण गरेका थिए । उनले दुषित खाद्य पदार्थ र न्यूनस्तरको खाद्य पदार्थको विषयमा सहभागिहरुलाई प्रकाश पारेका पार्दै अनुज्ञापत्र दस्तुर र अनुज्ञापत्र जफत तथा उत्पादनमा रोक लगाउने विषयबारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका कम्प्यूटर अप्रेटर श्रावण कुमार सैनीले व्यवसाय संचालनका लागि स्थानीयतहमा दर्ता गरी व्यवसाय गर्ने प्रावधान र व्यवसायीहरुले घरेलु तथा साना उद्योग कार्यालयम दर्ता गर्नुपर्ने बारे जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















