चन्द्राैटा, ५ असाेज ।

कपिलवस्तुकाे शिवराज नगरपालिकामा आइतबार स्थानीय विदा हुने भएकाे छ । यस क्षेत्रकाे थारु समुदायकाे बड्का अटवारी पर्वकाे अवसरमा नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेकाे हाे ।

नगर क्षेत्रमा मनाईने बड्का अटवारी पर्वका अवसरमा शिवराज नगरपालिका नगर कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु यहि आगामी ७ गते आईतवार स्थानीय विदा दिईएको व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ भन्ने पत्रमा उल्लेख छ ।

“बड्का अटवारी पर्वको उपलक्ष्यमा शिवराजबासी शुभकामना समेत नगरपालिकाले व्यक्त गरेकाे छ ।