भव्यताका साथ मनाइयाे चन्द्राैटामा संविधान दिवस
आर. ए. अन्जान
चन्द्राैटा, ३ असाेज ।
कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा भव्यताका साथ संविधान दिवस मनाइएकाे छ । बुधबार चन्द्रौटामा सामूहिक दिप प्रजवलन गरि दिवस मनाइएकाे हाे ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले संयक्त रुपमा चाेकमा नेपालकाे नक्सा बनाएर दिप प्रजवलन गरि दिवस मनाइएकाे छ । नेकपा एमालेका शिवराज नगर अध्यक्ष जगत पाैडेले सबैमा शुभकामना व्यक्त गरे ।
उनले भने: “राष्ट्रियताकाे सवालमा स्थानीय सरकारले आयाेजना गर्नुपर्ने कार्यक्रम गर्न नसक्नु दु:खद हाे ।” यस्तै माओवादी केन्द्रका नगर अध्यक्ष चिन्ता परियारले २०६२/०६३ काे जनआन्दोलनकाे स्मरण गर्दै दिवसकाे शुभकामना व्यक्त गरे । सबैकाे मनाेभावनालाई समावेश गरेकाे संविधान प्रसंशायाेग्य रहेकाे उनले जिकिर समेत गरे ।
कार्यक्रममा बाल्ने अधिकांश वक्ताहरुले देशकाे हकहितमा जारी भएकाे संविधान सराहनीय रहेकाे बताए । हरेक नागरिककाे आवाज बुलन्द गर्न संविधान सभा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















