हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भइसकेको बताएका छन्।

संविधान दिवसका अवसरमा हस्तकला सङ्घ बागमती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो कुरा बताएका हुन्। उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले हस्तकलाबाट स्वरोजगार सिर्जना र विदेशमा समेत निर्यात भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रबर्द्धनमा प्रदेश सरकारले ध्यान दिने बताए।

कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक सङ्घका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गरेका थिए।