चार किलो चाँदीसहित एक जना पक्राउ
बारा : जिल्ला प्रहरी कार्यालय बाराले चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
वीरगन्जबाट कलैयातर्फ लुकाई छिपाई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चार किलो चाँदीका गरगहनासहित वीरगन्ज महानगरपालिका-३ का राजेश साह सोनार पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा गएराति गण्डक चोकमा चेकजाँच गर्ने क्रममा ना १६ प ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दुधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका साहलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















